द हिमाल वर्ल्ड
कालचिनी, 17 जनवरी 2025
आगामी 23 जनवरीको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी डुवर्स आउने भएकी छन्। मुख्यमन्त्रीको आगमनका लागि तयारी शुरू भइसकेको छ। अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत पर्ने सुभाषिनी मैदानमा मुख्यमन्त्रीको जनसभा हुने प्रशासनिक सुत्रबाट थाह लागेको छ । मुख्यमन्त्रीको यस महत्वपूर्ण आगमनलाई लिएर शुक्रबार तृणमूल अलिपुरद्वार जिल्ला कमिटीको कार्यालयमा तृणमूल नेतृत्वहरुको सभा सम्पन्न भयो।
आगामी 23 जनवरीको दिन मुख्यमन्त्रीले पब्लिक डिस्ट्रीब्यूशन कार्य सम्पन्न गर्ने बताइएको छ । उक्त कार्यक्रममा बाङ्गला आवास योजनालगायत चिया सुन्दरी र जमीनको पट्टा एवम् अन्यान्य योजनाको लाभार्थीहरूमा वितरण गर्ने कार्यक्रम रहेको सुत्रले जनाएको छ।
शुक्रबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकास चीक बडाइकले मुख्यमन्त्रीको आगमनलाई ध्यानमा राखेर जिल्ला नेतृ्त्वलाई लिएर सभा गरिएको र यसको प्रस्तुतिमा प्रशासनसित हातेमालो गरेर जाने जनाएका छन्।
Leave a Comment